सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयरका लागि आवेदन खुलेको छ।
कम्पनीले सर्वसाधारणतर्फको २१ लाख कित्ता सेयर शुक्रबारदेखि आवेदन खुला गरेको हो। जसमध्ये ६३ हजार कित्ता कर्मचारी र १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
इच्छुक आवेदकले आगामी मंगलबारसम्म आवेदन दिन सक्ने छन्। इच्छुकले सानिमा क्यापिटल  तथा सानिमा बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आवेदन फारम पनि तिनै केन्द्रबाट २ रुपैयाँ शुल्क तिरेर किन्नुपर्नेछ। सिनर्जी पावरलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ।