अलेप्पोमा रुसी संल्गनता प्रति विरोध जनाएका एक टर्कीश प्रहरीले टर्कीका लागि रुसी राजदूत एन्ड्रेइ कार्लोफको गोली हानी हत्या गरेका छन्।

अंकरास्थित दंगा नियन्त्रणमा खटिने प्रहरी इकाइका २२ वर्षिय ती प्रहरी अधिकारीको पहिचान खुलेको छ तर उनी कुनै समूहमा आवद्ध रहे वा नरहेकोको प्रष्ट भइसकेको छैन।

टर्कीमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गरेको विरोधमा प्रदर्शनहरु भएको भोलिपल्ट यो घटना भएको हो।

टर्कीका राष्ट्रपतिले रुससँगको सम्बन्ध बिगार्ने उद्देश्यले उक्त हत्या गराइएको बताएका छन्।