बलिउडमा बेलाबेलामा नेपाली अनुहारले ब्रेक पाउने गरेका छन्। यसै मेसोमा थपिएका छन् विल्सन विक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग ‘मेरी कोम’मा काम गरेका थिए भने त्यसअघि ‘बर्फी’मा भोला सापकोटाले।

विल्सन हाल नाम सार्वजनिक नगरिएको एक बलिउड फिल्मको महाराष्ट्रको पुनामा धमाधम सुटिङ गरिरहेका छन्। उनले अभिनय गरेको फिल्ममा सलमान खान अभिनित ‘वान्टेड’मा सलमानको जोडी बनेकी आयशा टाकियासँग काम गरिरहेका छन्। फिल्ममा उनी नेपाली पात्रको भूमिकामा देखिनेछन्।

फिल्ममा उनको सुटिङ तालिका १० दिनको रहेको बताइन्छ। बाल मनोविज्ञान कथामा बनिरहेको फिल्म कमेडी प्रधान रहेको बताइन्छ। भारतबाट नेपालमा कन्सट गर्न आएको एक सांगीतिक समूहका सदस्यले वील्सनको चर्चा सुनेपछि यो प्रोजेक्टका लागि वील्सनलाई  सिफारिस गरेपछि सो फिल्ममा काम गर्ने मौका प्राप्त भएको हो।

निर्माण पक्षले विल्सनलाई भ्यानिटी भ्यान, छुट्टै गाडी र ड्राईभरका साथ एक म्यानेजरको सुविधा दिएको छ। फिल्मलाई नव निर्देशक आशुतोष वारङले निर्देशन गरिरहेका छन्।