काठमाडौं । समिक्षक तथा दर्शकबाट आलोचना खेपेको फिल्म ‘पुरानो डुङ्गा’को विजनेसमा निरन्तर डाउन आएको छ । रिलिजको पहिलो दिन तथा शनिबार आक्रामक देखिएको फिल्मको नेगेटिफ ‘वर्ड अफ माउफ’ का कारण आईतबारबाट नै विजनेसमा ह्वात्तै डाउन आएको थियो ।
राजधानीका एक हल सञ्जालकले फिल्मीखबरसँग भने, ‘फिल्म हेर्ने १० जना दर्शकमा ७ जनाले गाली गर्दै निस्केका छन्, माउथ पब्लिसिटी राम्रो नआएपछि प्रत्येक दोश्रो शो मा दर्शकको चाप घटिरहेको छ।’ फिल्मको खराब प्रदर्शन जारी रहँदा आशा गरिएका निर्देशक रामबाबु गुरुङको काममाथी धेरैले निराश मुद्रामा जिब्रो टोकिरहेका छन् ।
तर फिल्मले आलोचना पाईरहँदा दुई कलाकार माओत्से गुरुङ र मेनका प्रधानको कामको तारिफ नगर्ने कोहि भेटिएका छैनन् ।