नेपालमा रहेको आइटीसम्वन्धी ट्रेनिङ तथा वेभरसप्टवयर डेभलोपिङ कम्पनी ‘ब्रोडओए इन्फोसीस नेपाल’ले अमेरिकामा आप्mनो शाँखा विस्तार गरेको छ।

९ वर्षदेखि नेपालमा आइटीसम्वन्धी ट्रेनिङ तथा वेभरसप्टवयर डेभलोपिङको काम गर्दै आएको कम्पनीले अमेरिकामा रहेका आइटीका विद्यार्थी तथा अन्य ग्राहकहरुका लागी अमेरिकामा शाँखा विस्तार गरीएको जनाएको छ।

‘अमेरिकामा रहेका ग्राहकहरुलाई नेपालबाट काम गर्न असजिलो भएका कारण हामीले अमेरिकामै शाँखा विस्तार गरेका हाैँ।’ ‘ब्रोडओए इन्फोसीस अमेरिका का’ निर्देशक राजु अधिकारीले सेतोपाटीलाई बताए। ‘ब्रोडओए इन्फोसीस नेपालले’ नेपाल लगायत अन्य देशहहरुमा रहेका विद्यार्थीहरुलाई ९ वर्षदेखि वभ डेभलोपिङ टेनिङ, आइवएस एप डेभलोङि टेनिङ, जाभा टेनिङ, ओरेकल टेनिङ लगायत आइटीसम्वन्धी ट्रेनिङ तथा वेभ/सप्टवयर डेभलोपिङको सेवा प्रदान गर्दै आएको छ। अब हामी यीँ सबै सुविधा प्रत्यक्षा अमेरीकाबाटै दिन्छाै।’

अमेरीकामा रहेका करिव २ दर्जन विद्यार्थीहरुलाइ नेपालबाट कम्पनीले भर्च्युअल ट्रेनिङ दिँदै आएकाे थियाे। ‘हामीले विदेशमा रहेका विद्यार्थीहरुलाई अब प्रत्यक्ष् ट्रेनिङ पनि दिने छाै।’ पछिल्लो वर्षमा अमेरीकामा रहेका विद्यार्थीहरुको सँख्या बढदै गएका कारण अमेरिकामै शाखा विस्तार गरिएकाे अधिकारीले बताए।

अमेरिकामा नेपालीहरुले खोलेका कम्पनीहरुले नेपालमा लगेर आइटीको काम गराउने गरेका छन्। ब्रोडआए इन्फोसीस नेपाल पहिलो कम्पनी हो जसले नेपालबाट अमेरिकामा शाखा विस्तार गरेको छ।