जुम्ला । गत माघ देखि तातोपानी ५ डागीवाडामा सञ्चालमा आएको हावाबाट विजुलीले गाउँ झिलीमिली बनेको छ । वायु तथा सौर्य उर्जालाई हाईव्रेट गरी २६ किलोवाट विद्युत निकाल्दा गाउँ झिलीमिली भएपछि यो प्रविधि पनि प्रभावकारी बन्दै गरेको हो । डागीवाडामा विहान बेलुका धेरै हावा चल्ने भएकाले जिल्लामै पहिलो पटक परीक्षणका रुपमा हावाबाटै विजुली निकालिएको थियो ।

वैकल्पिक उर्जा प्रवद्र्धंन केन्द्रले परिक्षणका लागि जुम्लामा संचालन सुरु गरेको वायु तथा सौर्य उर्जाबाट सो गाउँका एक सय ४० घरघुरीका लाभान्वित भएका छन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको एक करोड ३७ लाख, जिल्ला विकास समितिको १९ लाख र तातोपानी गाविसको गा.वि.स.को १० लाख ५० हजार रुपैयाँ र जन श्रमदान गरी दुई करोड ५० लाख रुपैयाँ लगानीमा हावाबाट विजुली निकालिएको हो ।

ठुलो टरवाईनले १० किलो वाट र सानो टरवाईनले ५ किलो वाट विद्युत उत्पादन गर्ने गरी दुई वटा हावाबाट चल्ने पंखा जडान गरिएको छ । सोलारबाट ११ किलोवाट गरी २६ किलोवाट विद्युत उत्पादन गरिएको हो । विहान, बेलुका र रातीको समयमा हावाबाट विद्युत उत्पादन हुने र दिउँसो घाम लागेको बेला सोलारबाट विद्युत उत्पादन भई ब्याट्री चार्ज हुने गरेको उपभोक्ता समितिले जनाएको छ ।

डागीवाडा वायु तथा सौर्य उर्जा आयोजनाका अध्यक्ष राम वहादुर रावलले जिल्लामै पहिलो पटक हावा र सोलारबाट विद्युत उत्पादन भएपछि स्थानीय दंग भएको अनुभव सुनाए । चौविसै घण्टा खेर गइरहेको हावावाट विजुली उत्पादन गरेर घरमा वत्ति वाल्न पाउँदा निकै स्थानी निकै खुसी भएको उनको भनाइ छ ।

स्थानीयले खेर गएर वहिरहेको हावालाई पनि उपयोग गर्न सकिदो रहेछ भन्ने महशुस हुन थालेको बताए । गाउँको छेउमा तिला नदीन बक्छ । तिला नदीबाट हाईड्रोपावर निर्माण गरेर वत्ति निकाल्न सक्ने संभावना छ । तर स्थानीयको रोजाई हावावाट विजुली वन्यो ।
तातोपानी ५ डागीवाडाका नन्दराम रोकायाले हावाबाट विजुली निक्ले सँगै गाउँ नै उज्यालो भएको सुनाए । उनले भने, हुने खानेको घरमा सोलारको उज्यालो हेरेर वस्थ्यौँ अहिले हावाबाट उत्पादित विद्युतको समान ढंगले वत्ति पाल्न पाएका छौँ ।

हावाबाट विजुली उत्पादन हुनु अघिसम्म यहाँका गरीब विपन्नले जंगलवाट ल्याएको सल्लाहको दियालो वालेर काम चलाइरहेका थिए । सधैभरी जंगलको दियालोको भरमा उज्यालो गर्दै आएका थियौँ, उनले भने, वायु तथा सौर्य उर्जा हाईव्रेट गरी विद्युत निकालिए पछि निकै उत्साह थपिएको छ ।

गाउँमै विजुली भएपछि स्थानीयलाई अहिले मोवाइल चार्ज गर्नकै लागि सदरमुकाम आउनु पर्ने समस्याको पनि अन्त्य भएको छ । घर घरमा रेडियो, टिभी सञ्चालनमा आएका छन । वाल वच्चाहरु रातदिन उज्यालोमा पढ्न पाएका छन । विद्युतले आगलागीको त्रास कम भएको छ ।

। दियालो वाल्दा धुवाले घर नै कालो बनाउने र मानिसको स्वास्थ्यमा प्रत्यक्ष असरबाट मुक्ति पाएका स्थानीयलाई सौर्य उर्जाबाट निकालेको विजुली दिर्घकालीन हुने हो की होइन भन्ने चिन्ता छ ।

यद्यपि उक्त गाउँमा हावा र घामवाट दुवै बाट विजुली उत्पादन भएकोले दिगो रुपमा टिक्न सक्ने अपेक्षा गरिएको छ । वत्ति वाले वापत महिनामा १ सय ५० रुपैया महशुल तिर्नु व्यवस्था मिलाइएको छ ।