ऐजेन्सी । एप्पलले प्रयोगकर्तालाई आइओएसको सबैभन्दा झन्जट लाग्ने एक फिचर हटाउने भएको छ।
कम्पनीले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण आइओस १० मा यसमा भएका ‘डिफल्ट एप’ हटाउन मिल्ने सुविधा ल्याउने भएको हो। योसँगै आइफोन, आइप्याड र आइपड टच होमस्क्रिन्समा कम्पनीबाटै आएका एप आफ्नो इच्छा अनुसार हटाउन सकिनेछ।
जस्तै आइओएसमा भएका स्टक वा एप्पल वाच कुनै प्रयोगकर्तालाई बेकाम भए यसै राखिराख्न दिक्क लाग्ने हुन्थ्यो। अब भने यो समस्या समाधान हुने भएको हो।
यो सुविधा एप्पल डेभ्लपर्सलाई बेटा भर्जनमा उपलब्ध गराइसकिएको र केही महिनामै सबै प्रयोगकर्तासम्म आइपुग्ने बताइएको छ।