ओई  के छ ? नाइट डिउटी हो ? थमप्रिन्ट लगाउदै गर्दा पछाडिबाट आएको आवाज थियो यो  आँफैलाई नै हो झै लागेर पुलुक्क पछाडि फर्केर हेरें। आफ्नै सिनिएर दिदी थिइन् । पछाडी ‘हेलो दि, नमस्ते’ ओहो ! मान्छेहरु कती छिटो हेल्दी भएछन्, अनि कता अहिले घरमा हुनुपर्ने मान्छे यहाँ हुनुहुन्छ त, के छ खबर फुच्चुको ? एकै स्वरमा प्रश्न फत्ते पारें।

जवाफ आयो– ‘के को घरमा हुनु डिउटी सुरु गरेको एक हप्ता भैसक्यो।’ यस्तो भन्दै गर्दा उहाँको अनुहार हेरिरहेकी मैले मुहारमा मिश्रित भाव सजिलै देख्न सक्थें।

आँई अस्थी भर्खर डिलेवरी भएको होइन ? कती छिठो, फुच्ची छ महिनाको भैसक्यो र ?तुरुन्त प्रतिकृया तेर्स्याएछु। मुस्कुराउँदै भनिन्– ‘के को छ महिना हुनु नि, दुई महिना १ हप्ताकी भै ।’ ए, ल ल दि तपाईंलाई ढिला भयो जानु पछि कुरा गरौँला बाइ, भन्दै कुरा टुङगाएर छुटिएं।

मनमा कुरा खेल्न थाले, अस्थी मात्र मैले डेलिवरी गराएको मान्छे कती छिटो डिउटी जोइन गरिछ्न्।

भोलीपल्ट फेरी उनलाई उनकै वार्डमा बिरामीलाई डिस्चार्ज दिदैगरेको देखें। उनी भन्दैथीन्– ‘बच्चालाई छ महिना अनिवार्य पानी पनि नखुवाएर आमाको दुध मात्र खुवाउनु होला, यस्ले आमा, बच्चा र परिवारलाई धेरै फाईदा पुर्याउँछ……..।’ इत्यादी ।

बच्चाको बाबा बच्चा काखमा बोकेर आज्ञाकारी भएर टाउको हल्लाउदै हुन्छ सिस्टर भन्दै थिए।

यो द्रिश्य देखिरहँदा एउटा साथीले भनेको कुरा मनमा आयो– ‘नर्सिङ पेशाले हाँसिहाँसी अरुले पत्याउने गरी झुठो बोल्न सिकाएको छ ।’

उनले यो वाक्य जिवनको अन्तिम अवस्थाको बिरामीले ‘सिष्टर म अब मर्छु होला है ?’ भनी सोद्दा कसरी अँ, तपाई अब मर्नु हुन्छ भन्नु, तपाई यत्रो अस्पातलमा आउनु भएको छ, तपाईंको लागि डाक्टर, हामी नर्स र तपाईंका आफन्त सबै लागिरहेका छौं, तपाईंलाई केही हुन दिदैनौ भन्नु पर्दा साह्रै नमज्जा लाग्ने रहेछ भन्दै जानी जानी झुठ बोलेको प्रसँग सुनाथिन।

माथिको यो घटनाले प्रष्ट पार्थ्यो कि मनमा एउटा सत्य कुराभए पनि त्यही कुरामा फरक ढंगले प्रस्तुत हुन माहिर हुन्छन नर्सहरु, ठ्याक्कै चलचित्रका कलाकार जस्तै१

उ फरक छे किनकी उसले आफ्नो बच्चालाई एक महिनामा घरमा छोडेर अरुको बच्चाका लागी छ महिना दुध खुवाउनु पर्छ भन्दै कार्य क्षेत्रमा शसक्त प्रस्तुत हुन सक्छे। हो ! उ बिल्कुल फरक छे, किनकी उ नर्स हो। उ नर्स भएरै फरक हो वा फरक भएर नर्स, यस्को टुङ्गो अहिलेसम्म लगाउन सकेकी छैन।

यो प्रसंग आजको १९६ औ अन्तराष्टिय नर्स दिवसको नाराः ‘नर्स एक शक्ति : स्वास्थ्य प्रणाली सुधारका सम्वाहक’संग जोड्न चाहेंं।
नर्सहरु अभावका बिच पनि कमजोरी सुधारेर कुनै गुनासो बिना स्वास्थ्य क्षेत्रमा शसक्त रुपमा प्रस्तुत हुन सक्छन्। प्रयोगात्मक दृष्टिले हेर्ने हो भने पनि नर्सहरु साच्चिकै सम्वाहक हुन् भन्न सकिन्छ। अझ हाम्रो जस्तो विकाशिल राष्ट्रमा जहाँ थोरै पारिश्रमिकमा थुप्पै्र कार्यको जिम्मेवारी नर्सलाई दिइएको हुन्छ।

भनिन्छ, नर्सहरु अस्पातलको मुटु हुन्, सबै शरीरका अंगहरुले काम गरिरहेका भएनी मुटु एक्कासी धड्किन छोड्यो भने मान्छे मर्छ। हो, यस्तै भूमिका हुन्छ नर्सको। कर्तब्यबोध र जिम्मेवारीको निर्पूर्ण उदाहरण हो नर्स।
उ हरेक दिन जिवनसंग नजिकिन्छे र हरेक दिन जीवनलाई बुझ्ने र सिक्ने गर्छे। त्यसैले उ भिन्न देखिन्छे। उसले देखेकी हुन्छे – सलाइनको थोपा थोपामा झुन्डिएको हुन्छ त कतै कृत्रिम श्वासप्रश्वास गराउने मेसिनमा अल्झिएको हुन्छ जिवन।

एउटै आफ्नै उमेरका अरु भन्दा उ बुझकी हुन्छे किनकी उ नर्स हो। उसले जिवन र मृत्युको फरक सुनेकी मात्र हुँदैन देखेकी र भोगेकी पनि हुन्छे।

उपयुक्त वातावरण पाउन सके उ आफ्नो कार्य कुशलता प्रदर्शन मात्र होइन परिवर्तनको मुल फुटाउन सक्छे। उसलाई जिम्मेवारीको बोध राम्रोसँग थाहा छ, त्यसैले त उ रातदिन खटिन सक्छे। त्यसैले त घरिघरि भन्न मन लाग्छ, उ फरक छे किनकी उ नर्स हो।

आफुलाई निम्न प्रथमिकतामा राखेर अरुको लागि उच्च जोश, जाँगर र हौसला प्रदान गर्न सक्ने, प्रगतिपथमा लम्किएका सम्पूर्ण सुन्दर परिहरुलार्इ अन्तराष्टि«य नर्स दिवसको शुभकामना !