बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. सुदिप श्रेष्ठका अनुसार  क्यान्सर रोगको प्रारम्भिक चरणका बारेमा जानकारी पाउन नसकी त्यसको उपचार प्रक्रिया बेलैमा थालनी नगर्दा बर्षेनी हजारौं नेपालीहरु यस रोगबाट ग्रसित बन्दै गएका छन् । नेपालमा बर्षेनी हजारौंको संख्यामा क्यान्सरका रोगीहरु पत्ता लाग्ने गरेका छन् । यसै सन्दर्भमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतलका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. सुदिप श्रेष्ठ संग पत्रकार फणीन्द्र फुयाल (ज्वाला) ले लिनुभएको अन्तवार्ताको सम्पादित अंश:

क्यान्सर कस्तो प्रकारको रोग हो ?

क्यान्सर रोग दीर्घ रोग मध्ये एक हो जुन सरुवा रोग होईन । जसरी एउटा घर बनाउन बिभिन्न ईट्टाहरुको प्रयोग हुन्छ त्यसैगरी हाम्रो शरीर पनि बिभिन्न कोषिकाहरुले बनेको हुन्छ । जव ती कोषिकाहरुमा जन्मजात वा जन्मिसकेपछि कुनै खरावी उत्पन्न हुन्छ त्यो कोषिका क्यान्सरको रुपमा शरिरको कुनै भागमा रहन्छ । त्यो कोषिका त्यत्तिकै स्थिर भएर बस्न सक्दैन र पछि गएर खानपानको कारणले वा बाह्य वातावरणीय कारणले गर्दा शरिरमा क्यान्सरको कोषिको रुपमा परिणत हुने गर्दछ । त्यो कोषिका बिभिन्न प्रकार र प्रक्रितिको हुने गर्दछ । कहिले काहिँ त्यो मासुको डल्लो वा घाउको रुपमा देखा पर्छ भने शरिरको एक भागमा देखा परेको त्यो कोषिका अन्य भागमा समेत फैलिने गर्छ । हामी यसैलाई अर्बुद रोग अथवा क्यान्सर भन्दछौं । यो भर्खरै जन्मिएका बच्चादेखि लिएर युवा र बृद्धाहरुमा समेत देखा पर्छ ।

क्यान्सर रोगका लक्ष्यणहरु के के हुन्?

क्यान्सरको एउटा मात्रै लक्ष्यण हुँदैन। त्यसैले हामीले सतर्क बन्नुपर्ने कारण यो हो । क्यान्सर धेरै जसो गरेर ३० देखि ४० बर्ष नाघेका मानिसहरुलाई बढि हुने गर्छ । यसको लक्ष्यण जुनसुकै रुपमा आउन सक्छ । कारण किन भने यो शरिरका जुनसुकै अंगमा लाग्न सक्छ । क्यान्सर मानिसको जुन जुन अंगमा लाग्यो मानिसमा त्यहि प्रकारको लक्ष्यण देखा पर्ने गर्छ । त्यसकारण हामीले याद गर्नुपर्ने कुरा के छ भने यदि शरिरमा पहिले नभएका कुराहरुमा परिवर्तन आए, पहिले नभएका कुराहरु देखा प¥र्यो, स्वर धोद्रो भयो, लगातार खोकि लागिरह्यो, शरिरको रंगरोगनमा परिवर्तन भयो भने हामी त्यसलाई क्यान्सरको लक्ष्यणका रुपमा हेर्न सक्छौं । यदि शरिको कुनै पनि त्यस्तो चिजको कम्तिमा पनि एक महिना उपचार गर्दा पनि कम नभई छिटो छिटो बढ्न थाल्यो भने त्यो रोग क्यान्सरको लक्ष्यण हुन सक्छ । त्यसैगरी दिशामा रगत जाने, खाना खाएपनि पेट ढुस्स हुने, पेट दुखि रहने, महिनावारी भन्दा अन्य समयमा रगत देखा पर्ने, सेतो पानी बग्ने आदि पनि यो रोगका लक्ष्यण हुन् । कोठी तथा छालाको रंगमा परिवर्तन आउने, कोठिको आकार बढ्ने, गिजा तथा नाकबाट रगत आईरहने गर्दछन् र यी रोगको महिना दिन सम्म उपचार गर्दा पनि निको भएन भने क्यान्सरको लक्ष्णका रुपमा हेर्न सकिन्छ । यस्तो अवस्थामा समयमै सचेत भएर नजिकैको चिकित्सककहाँ गएर जाँच गराउनु पर्छ ।

नेपाल बिरामीहरुमा सवै भन्दा बढि शरिरको कुन भागमा क्यान्सर हुने गरेको पाईन्छ ?

नेपालको सन्दर्भलाई अध्ययन गरेर भन्ने हो भने सवैभन्दा बढि फोक्सोको क्यान्सर हुने गरेको हामीले पाएका छौं । यसको लक्ष्यणका रुपमा लगातार सुख्खा खोकि आउनु, खकारमा रगत देखा पर्नु, छाती दुख्नु, तौल घट्नु आदि पर्छन् । ४० बर्ष भन्दा बढि उमेरका बिरामीहरुमा यस्तो लक्ष्यण देखा प¥र्यो र एक महिना भन्दा बढि समयमा पनि कम भएन भने त्यो क्यान्सर हुन सक्छ । त्यसैगरी महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको मुखमा हुने क्यान्सरका बिरामी पनि नेपालमा धेरै मात्रामा पाईने गरेका छन् । नेपालको सन्दर्भमा भन्दा धेरै जसो मानिसहरुमा देखिने पेट वा ठूलोआन्दा (आमाशय) को क्यान्सर पनि एक हो । त्यसैगरी अन्य भागहरु जस्तै आँखा, नाक, कान, घाँटि, छाला, ग्लाण्ड र ब्लड क्यान्सर पनि हुने गर्छ ।

शरिरको कुन भागमा कुन चरणको क्यान्सर लागेको छ भन्ने पत्ता लगाउन नेपालका सवै सरकारी तथा नीजि अस्पतालहरुमा कत्तिको सहज छ ?

नेपालको सन्दर्भमा यो अलि कठिन छ । देशको सवै भाग र शहरका कतिपय अस्पतालहरुमा जाँच गर्न आउने बिरामीहरुमा क्यान्सर रोग हो कि होईन र क्यान्सर कुन चरणमा पुगेको छ भन्ने पत्ता लगाउने चिकित्सकहरुको अभाव छ । सवै अस्पतालहरुमा क्यान्सर पत्ता लगाउने प्रविधि तथा मेसिनहरुको समेत अभाव भएकाले गर्दा देशको दुरदराजमा रहेका बिरामीहरुले वेलैमा क्यान्सर रोगको जाँच र उपचार गराउन सकेका छैनन् । यसले गर्दा बिरामीहरु अकालमा ज्यान गुमाउन बाध्य छन् । अस्पतालहरुमा सर्टेन लेभलको क्यान्सर पत्ता लगाउने जटिलता हरु पनि छन् । तर सर्टेन लेभलका क्यान्सर डाईग्नोसिस गर्ने अस्पतालरु पनि केहि शहरी जिल्लामा सक्षम छन् ।

तपाईले आफ्नो पेशागत दौरानमा शरिरको कुन भागमा हुने क्यान्सर रोगिहरुको बढि उपचार गर्नुभयो ?

मैंले १५ बर्ष भन्दा बढि समयको दौरानमा ५० हजार भन्दा बढि बिरामीको उपचार गर्ने मौका पाएँ । मैंले समयको दौरानमा चाहे त्यो महिला होस् या पुरुष, सवैभन्दा बढि फोक्सोकै क्यान्सरका बिरामीहरु देखेको छु,। महिलाको हकमा पोठेघरको मुखको र स्तनको क्यान्सर बढि पाएको छु । पेटको आमाशय (ठुलो आन्द्रा), फोक्सो, रगत लगायत सवै प्रकारका क्यान्सरको पनि मैंले बारम्बार उपचार गर्ने मौका पाएको छु ।

कुन चरण सम्मको क्यान्सर रोग हामी शत प्रतिशत निर्मूल पार्न सक्छौं ? के अर्थिक कारणले पनि यो योगको उपचारमा प्रभाव पार्ने गर्छ ?

क्यान्सर रोगलाई हामी चरवटा चरणमा बिभाजन गरेर हेर्न सक्छौं । प्रथम चरण भनेको जुन चरणमा आएको हो त्यहि चरणमा सिमित रहनु हो । दोस्रो चरण भनेको शरिरको जुन भागमा आएको हो त्यसबाट हल्का आकार बढेर बाहिर आउन थाल्नु हो । तेस्रो चरण भनेको शरिरको अंगबाट बाहिर आएर नजिकको अर्कौ अंगलाई हानी पु¥याउन थाल्नुलाई मानिन्छ । चौथो चरणमा नजिकको भन्दा पनि टाढाको अर्को अंगमा आक्रमण गर्नु भन्ने बुझिन्छ । प्रायजसो क्यान्सर पुरै निको हुने भनेको चरण एक र चरण दुई हुन्छ भने तेस्रो चरणमा उपचार गर्न अलि गाहे हुने गर्दछ । चौथो चरणको क्यान्सरलाई निको गर्न नसकिने हुन्छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने हामीले बढि भन्दा बढि के पाएको छौं भने क्यान्सरका बिरामहरु तेस्रो र चौथो स्थानमा पुगेका बढि मात्रामा आउने गरेका छन् । यसको प्रमुख कारण जनश्वास्थ्यको चेतनामा कमि, स्वाथ्यमा पहँुचको कमी, डायग्नोसिस र उपचार पद्धतीको कमी, आर्थिक अवस्थाको कमी यी सबै कुराले त्यसमा प्रभाव पारेको हुन्छ ।

नेपालका अन्य अस्पताल भन्दा नेपाल क्यान्सर अस्पताल नैं क्यान्सर बिरामीहरुका लागि किन छनोटको बिषय पर्ने गर्छ ? के छन् यो अस्पतालका खास बिशेषताहरु ?

क्यान्सर ईलाज तथा निदानका लागि सवैभन्दा पहिले चाहिने तत्व भनेको उपचार पद्धतीमा चाहिने ईक्प्मिेन्ट (सामग्री तथा औजार) नैं हो । दोस्रो भनेको सक्षम जनशक्ति र तेस्रोे भनेको गुणस्तर नैं हो । यी सवै कुरालाई एउटै छाता तथा संगठनमा ल्याउनु भनेको निकै कठिन र चुनौतीपूर्ण कार्य हो । नेपालमा अरु अस्पताल नैं छैनन् भन्न खोजेको त होईन तर यो अस्पताललाई यो लेभलमा ल्याईपु¥याउन पनि हामीले निकै मिहेनत गर्नु परेको छ । हामीले नेपालका कुनै पनि अन्य अस्पतालमा नभएका निदानका विषय, विशेषज्ञ र प्रबिधिलाई समेत अवलम्वन गरेको हुनाले हामी दावाका साथ भन्छौं कि हामीले नेपालमा पहिले पटक क्यन्सरको उपचार र निदानका लागि बिश्वसनियता हासिल गरेका छौं ।

तपाईं गुणस्तर र प्रबिधिको दावि गरिरहनु भएको छ तर नेपालका धेरै क्यान्सर बिरामीहरु बर्षेनी उपचारका लागि बिदेशीनु परिरहेको यथार्थ पनि त छ नि ?

यो निकैं दुःखदायी कुरा हो । नेपालमा भएको जनसेवा र स्वास्थ्यकर्मीप्रतिको जनबिश्वासको कमी हो यो । नेपालमा जनचेतनाको कमीले गर्दा क्यान्सरको स्टेज वान र स्टेज टुका बिरामीकाहरु चिकित्सक तथा बिशेषज्ञको सम्पर्कमा निकै कम आउने गरेका छन् । जव उनीहरु स्टेज थ्रि वा स्टेज फोरमा चिकित्सकको सम्पर्कमा अउँने गर्छन, त्यो बेला चिकित्सकले चाहेर पनि उपचार गर्न सक्ने अवस्था हुदैन । कुनै कुनै केशमा स्टेज थ्रीका बिरामी पनि ठिक भएका हजारौं हजार उदाहरणहरु छन् तर उनीहरु जनसम्र्कमा आउँन चाहँदैनन् । उनीहरु आफ्नो पहिचान लुकाउन चाहन्छन् । यो अर्थमा हाम्रो समाजमा क्यान्सर रोग लागेपछि निको हुनै सक्दैन भन्ने गलत म्यासेज गएको हुनाले बर्षेनी बिरामीहरु उपचारका लागि बिदेशिने गरेका छन् । धेरै जसो बिरामीहरु क्यान्सरको तेस्रो या चौथो चरणमा चिकित्सकको सम्पर्कमा आउने गरेका छन् । यो कुरा उनीहरुलाई थाहा छैन कि क्यान्सरको तेस्रो या चौथो चरणका बिरामीहरुको संसारको कुनै पनि मुलुकमा उपचार हुन सम्भव छैन । फेरी अर्को कुुरा के हो भने कुनै पनि क्यान्सरको पहिलो वा दोस्रो चरणको बिरामी उपचारको लागि बाहिर गयो भने ठिक भएर आउँछ र सञ्चारमाध्यममा क्यान्सर रोग ठिक भएको अन्तवार्ता दिन्छ । त्यसपछि आम मानिसलाई क्यान्सर रोगको उपचार गर्न बिदेश जानु पर्ने रहेछ, नेपालमा यो रोगको उपचार सम्भव रहेनछ भन्ने भ्रम पैदा हुने गर्छ ।

क्यान्सर रोगको उपचार प्रक्रिया नैं निकैं महंगो हुन्छ भनिन्छ नि, खास के हो ?

अरु रोगको तुलनामा क्यान्सर रोगको उपचार महंगो हो । तर संसारका अन्य देशको तुलनमा नेपालमा क्यान्सरको उपचार खर्च सस्तो छ । नेपालमा चाहिं आफ्नैं खल्तिबाट खर्च निकाल्नु पनै भएकाले महंगो भएको हो । संसारका सवै देशमा यो रोगको उपचारदेखि लिएर रोग पत्ता लगाउने सम्मको कार्य महंगो छ । यो रोगको लागि खर्च कम गर्न कि त सरकारले सहुलियत प्रदान गर्नप¥यो कि त स्वाश्थ्य बिमा गर्नुप¥र्यो । यदि यस्तो भएको अवस्थामा मात्रै क्यान्सर रोगको क्वालीटि र अफोर्डेटवल रुपमा उपचार सम्भव हुन्छ ।

नेपालमा हाल क्यान्सरका रोगि र चिकित्सकको संख्या कति होला भन्ने अनुमान गर्न सकिन्छ ?

नेपालमा सालाखाला बर्षेनी ५० देखि ६० हजारको रुपमा क्यान्सर रोगका बिरामीहरु पत्ता लाग्ने गरेका छन् भन्ने हाम्रो तथ्यांक छ । क्यान्सरकै सर्जनको हिसावमा भन्नु पर्दा ६–७ हजार जति म्यानपावर होलन् भन्ने मेरो अनुमान हो । तपाईले कहाँबाट क्यान्सर रोग बिशेज्ञको उपाधी हासिल गर्नुभयो ? मैले भारतको नयाँदिल्लीस्थित राजीवगान्धी मेमोरियल अस्पतालवबाट १५ वर्ष अगाढी मेडिकल अन्कोलोजिस्टको उपाधी हासिल गरेको हुँ ।