खुल्ला सीमा भएकोले बिना भिषा नेपाल र भारतका नागरिकहरु आवत जावत गर्छन्। एक जिल्लाबाट अर्को जिल्लामा गएजस्तै बेरोक टोक ब्याग र सुर्केस भरि सामान लिएर मानिसहरु हिड्छन्। यस बाहेक दर्जनौ चोरबाटाबाट माल सामानहरु आयात निर्यात हुन्छन्।

ब्रिटिस उपनिबेसबाट स्वतन्त्र भए पछि भारतलाई अन्तरराष्ट्रिय हैसियत बनाउन नेहरुले एशियाली सम्मेलन बोलाएका थिए १९४७ मा त्यसबेला नेपाललाई निमन्त्रणा गरिएको थिएन।

हेपाहा दृश्टिले पटक पटक नाकाबन्दी गरिरहन्छ भारतले त्यस पछि आफ्नो काम पटाउछ। गण्डकी,कोशी, कर्णाली,महाकाली आदि नदीहरुमा बाध बाधी नेपाली बस्तीहरु डुवानमा परेका छन् भने सुख्खा समयमा टाल टुल पारेर सबै पानी भारत जान्छ सिचाइ र पिउनको लागि।

नेताहरुलेनै सत्तामा टिक्नको लागि समयसमयमा सन्धी संझौता गरेका छन्। कोशी संझौता (१९५४) मातृका प्रसाद कोइरालाट, गण्डक संझौता (१९५९) बि.पी कोइराला , टनकपुर बाध (१९८४)गिरिजा प्रसाद कोइराला र महाकाली प्याकेज (१९९४) मनमोहन अधिकारी तथा महाकाली सन्धी शेरबहादुर देउवाबाटभएका देखिन्छन्। यी त उदाहरणमात्र हुन्।बर्षैपिच्छे नेपालतर्फबाट एकनएक सन्धी संझौताभइरहन्छन् भारताई रिझाउनको लागि।

नेपालबाट पानी जान्छ अनि भारतमा फलेका तरकारी नेपालमा आउछ। नेपालमा उत्पादित बिद्युत भारतबाट किनेर ल्याउनुपर्छ। यो भन्दा लाजमर्नु के हुनसक्छ? बिप्पासंझौता गरेर कम लगानीमा एशियाको सबभन्दा धेरै उत्पादन हुने अपरकर्णाली आयोजना भारतीय कम्पनीबाट निर्माण गरिनुमा नेपालको के हैसियत र के राष्ट्रियता देख्न सकिएला? रोटीबेटीको सम्बन्धमा गाँसिएका छन् मधेशी नेपाली र यु.पी , बिहारका भारतीय नागरिकहरु। देख्दा रोटी बेटी,यसमा नेपाली संसदीय नेताहरुले ताली ठटाउँछन् कुरा कहाँ  पुगेको छ थाह छैन एउटै संस्कृति,एउटै भाषा, एउटै राष्ट्रियताको कुरा आईसक्यो अनौठो छ कुरा। यो भूटान नबनोस्!

सिक्कीमीकरण नहोस् कामना छ यही। यसै रोटीबेटीको सम्बन्धले पूर्व प्र.म. गिरिजा प्रसाद कोइरालाले ४० लाख भारतीय मधेशीलाई नेपाली नागरिकता दिलाउन सफल भए। २०७२ असौज ७ गतेबाट मधेशी आन्दोलनको बहानामा भारतले ५ महिनासम्म अघोषित नाकाबन्दी गरेको हो।

संबिधानको बिषयमा मधेशी र सत्ता पक्षको संबाद र सहमतिबाट समाधान निकाल्नुपर्छ भन्ने कुरा भारतीय प्र.म. नरेन्द्र मोदीले गरे। दुबै देशको असमझदारी हटेको कुरा उल्लेख गर्न भारतले मानेन। यसैले पनि फागुन ७ – २०७२ मा प्र.म के.पी. वली राजकीय भ्रमणमा भारत जादा संयुक्त बिज्ञप्ती जारी हुन सकेन। हो भारतले नेपाललाई नव उपनिबेश बनाइरहेको छ। पूर्व प्र.म. मनमोहनलेमात्र १९५० को सन्धीलाई असमान सन्धी भनेका थिए तर पुरानो संसदीय भासमा गाडिएका कम्युनिष्टले रोटीबेटीको कुरागर्दै राष्ट्रबादको नारा दिए। तराईकोसमश्या भनेको सामन्ती नेताहरुको समश्या होइन।

वास्तबमा उनीहरु बर्गीय समश्यालाई हेर्न चाहदैनन्म धेसमा ९० प्रतिशत उत्पीडित जनता छन्। सत्ता पक्षले थारु र मधेश आन्दोलनलाई आन्तरिक मामिला भन्दै ठग्दै आएको छ। जातीय र बर्गीय उन्मुक्तिको लागि २००७ सालबाट पटकपटक आन्दोलन हुदैआएको छ। तर आन्दोलन उत्कर्षमा आउदा नेताहरुले धोकादिएका हुन्छन्।

रक्सी एउटै हो तर बतलमात्र फेरिन्छन्। बर्ग एउटै सभ्रान्त बर्ग हो । मान्छे मात्र फेरिदै जान्छन्। सबै घटना र परिघटनालाई भारतले साथ दिइरहेको हुन्छ। रोटी बेटीको नाममा नेताहरुले आत्मसमर्पण गरिरहेका हुन्छन्। रोटीबेटीको सम्बन्ध र सँस्कृतिलाई प्रगाढ बनाउन भारतले बेलाबेलामा नेपालमा हुने परिवर्तनको भूमिका खेलिरहेको हुन्छ।

चाहे १०४ बर्षे निरङ्कुश राणा शासन अन्त्य गरेर पञ्चायी ब्यवस्था स्थपना गर्ने होस् वा पञ्चायती तानाशाही ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्र ल्याउन होस् वा त माओबादीसँग १२ बुदे सहमति गरी गणतन्त्र ल्याउन होस्, भारतले निर्णयात्मक रोल खेलेको अहिले २०७२ को संबिधान निर्माण गर्ने सन्दर्भमा तीन ठूल दलहरुको १६ बुँदे सहमती अनुसार फाटस्ट्रया्कबाट संबिधान बन्यो।

मधेशी मोर्चाले सिमाङ्कन , पूर्ण समानुपातिक समाबेशी तथा नागरिकताका बिषयमा मधेशमा आन्दोलन चर्काइरह्यो। भारत रोटीबेटी ,संस्कृति र खुल्ला सीमाको कारणले मधेश आन्दोलनको नजिक भएको हुदा सत्ता पक्षले संबिधान निर्माण गर्दा भारतलाई गुरु नमानेको हो। यसपाली नेपालले अडिक लिएकै हो। तर बिना हतियार शान्तिपूर्ण तरिकाले जुलुस लगाईरहेका मधेशी जनतामाथि टाउकाबाट गोली हानेर५०-६० जना हाम्रै देश नेपालका नागरिकहरुलाई हत्या गरेर सरकारले कायरताको प्रदर्शन गरेको हो।

रङ्गेलीको घटना अझ हृदय बिदारक छ। यसरी मधेशीलाई झन पछि झन् उत्तेजित पार्दै लग्यो सरकारले। फिनी चोरिएको थाह छैन गहुँका गेडा गन्छु भनेजस्तो साइकल चढेर सगरमाथाको चुचुरोमा  पुगिन्छ भन्ठानेर सरकारले सस्तो राष्ट्रियताको नारा दियो। देखाइमा अघोषित नाकाबन्दी तर रातारात कालो धन्दा।

सडकमा गाडीको जाम। कमिशनको खेल। ५०० रु.को एक टिर तेल। यस्तै भयो। नाका खुल्यो तर ग्याँस खुलेन। कहिेले काहीँ खुले पनि एकदम पातलो। इन्डिीयन आयल निगममा तेल अड्कियो। पेट्रोल पम्पमा २ दिनसम्म लाइन। मछो माछो भ्यागुतो। नागरिकालाई सास्ती। इन्डियाको बिकल्प भएन। खाए खा नखाए घिच। नवउपनिबेशमा यस्तै हुन्छ।

१९७१मा पूर्बी पाकिस्तान छुट्टीएर बंगला देश भएजस्तै भारतीय खुफियाले नेपाललाई त्यस्तै बनाउन चाहन्छ। अहिलेको गठबन्धन सरकार खिचडी सरकार हो। कान्छी माग्छे पानी , जेठी माग्छे घाम म बुढो कतातिर जाम भनेजस्तो उपप्रधान मन्त्रीजस्ता संबेदनशील ब्यक्तिहरुले संघीयताको कट्टर बिरोधी बनेर खुलेयाम संघीयताको बिरोध गर्दछन्।

संबिधानमा सनातन धर्मको संरक्षण गर्नेगरी धर्मनिरपेक्षको प्रबधान भए पनि हिन्दूधर्मको खुलेयाम प्रचार गर्छन् बरिष्ठ मन्त्रीहरु। कस्को कुरा पत्याउने? मन्त्री ,उपप्रधान मन्त्रीले नै बिश्वको उत्कृष्ट भनिने संबिधानको उल्लंघन गरिरहेका छन्। राइफल तेर्साएर कर्फू लगाई निर्बाचन गरेर ९० प्रतिशत भोट ल्याए पनि वास्तबमा यो संबिधान ५ प्रतिशत सभ्रान्त बर्गको संबिधान हो। बृस्तिृत शान्ति संझौता गरेको शक्ति माओबादी र मधेशी मोर्चालाई पाखालगाएर बनेको संबिधान आफैमा अपूर्ण भएको अनुभूत हुन्छ।

सरकारमा बिचार, कार्यदिशाको केही मतलब छैन । पाडो पाए पनि पाडी पाए पनि भतुवालाई भेगुति भनेझैँ बिचारको केही मतलब छैन। कुर्सी भए सबै पुग्यो। सदन मन्दीर हो। सरकारको भजन गाएर कहिल्यै खाइपाइ नआएको सुबिधा लिन आतुर हुन्छन् मन्त्रीहरु। देशको राष्ट्रियता कता हो कता?लिपु लेकको सुनुवाइ खै? कम्तीमा ६० ठाउँबाट नेपाल घाएल भएको छ। यसको मलम पट्टी र उपचार हुन सकेन।

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र समेतको सहमतीमा हस्ताक्षर धस्काउने धस्काउने बेला। पछि गएर बिरोध गर्ने। कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै भयो नेपालमा। कतै अप्रिय घटना नघटोस यही छ नेपालीको चाहना। ब््रााजिल पछिको पानीको धनी नेपालमा दिनको १५-१६ घण्टा लोड सेडिङ् हुन्छ,नाकाबन्दी, ग्याँसको अभाबमा जंगल सखाप । चाइनासँग नाका बढाउँ, भारतको पेट दुःख्ने। यसरी पनिहुन्छ राष्ट्रियता? नवउपनिबेशबादको पर्खाल नभत्काइकन बन्दैन राष्ट्रियता, अखण्डता र सार्बभौमिकता।

टोपीलेमात्र बन्दैन राष्ट्रियता। जात जाति, भाषा भाषी, सँस्कृति र राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीबिकाबाटमात्रै हुन्छ राष्ट्रियता।रोटीबेटीमा पनि पखालिदैन राष्ट्रियता। बिहेवारी वारि र पारि चल्न सक्छ। राशनपानीको आपूर्ति हुनसक्छ तर ध्यान नपुराए रोटीबेटीमा छ डरलाग्दो राष्ट्रियता। नवउपनिबेशिक राष्ट्रियता।