काभ्रे : राजमार्गमा छेकेर पेट्रोल लुट्ने चारजना युवा प्रहरीको खोरमा परेका छन् ।

विपी राजमार्ग अन्तर्गत काभ्रेको पात्लेखेतमा विहीबार सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको टाटासुमोलाई बाटो छेकेर पेट्रोल लुटी भागेका चारजना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

सुनसान सडकमा विहानीको मौका छोपी सडकमा मोटरसाइकल तेस्र्याएर  यात्रुहरुकोे व्यक्तिगत प्रयोजनका लागि सुमोमा ल्याइएको ६० लिटर पेट्रोल लुट्ने काशीखण्ड नगरपालिका–२ का विकास तामाङ, गोपाल तामाङ, प्रकाश तामाङ, चन्द्र तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार लुटेर फरार चारजनाले प्रयोग गरेको  बा २२ प १९३५ नम्वरको मोटरसाइकल र पेट्रोलसहित पाँचखाल नगरपालिका–११ बाट प्रक्राउ गरिएको हो ।
लुटपाटमा  संलग्न उनीहरुलाई चोरी–डकैती महलअन्र्तगत मुद्दा चलाइने डिएसपी केसीले बताए ।