काठमाडौं। नेपाली महिला र बालबालिकाको सेवामा सक्रिय अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषणा भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।

यो वर्षका १० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको माध्यमले डोयनलाई विजेता घोषित गरेको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै टप टेन मा परेका प्रत्येकले पाउने थप १० हजार डलर प्राप्त गर्नेछिन् ।

नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।सुर्खेत, वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छन्।