एजेन्सी। रुस र फ्रान्सले सिरियामा इस्लामिक स्टेट आइएसका मुख्य अखडामा हवाई आक्रमण गरेका छन् ।

दुवै देशले सिरियामा आइएसविरुद्ध सैन्य अभियानलाई तिव्रता दिएका हुन् । आइएसको गढ क्षेत्र मानिएको रक्का शहरलाई निशाना बनाइएको रुसका रक्षा मन्त्री सरगेई सोइगुले बताए ।

गत महिनाइजिप्टको साइनाई प्रायद्विपमा २ सय २४ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना आइएसको बम आक्रमणका कारण भएको पुष्टि भएपछि रुसले सैन्य अभियान तिव्र पारेको हो ।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आईएससँग बदला लिने चेतावनी दिनुभएको छ । भूमध्य सागर क्षेत्रमा आइएसविरुद्ध कारबाही अभियान चलाएको फ्रान्सेली सेनासँग सम्पर्कमा रहन र उनीहरुलाई सहयोग गर्न आफ्ना सेनालाई निर्देशन दिएको राष्ट्रपति पुटिनले बताए ।

गत शुक्रबार राजधानी पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी आईएसले आक्रमण गरेपछि फ्रान्सले पनि सैन्य अभियान तिव्र पारेको छ ।