नयाँ दिल्ली। भारतमा सोमबार राति र मङ्गलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ ।
समाचार अनुसार भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनामा अरु ५० जना घाइते भएका छन् । मध्ये प्रदेशको सात्ना जिल्लामा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ ।
त्यसमा रहेका ३६ जना यात्रु नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको पनि बताइएको छ ।
त्यसैगरी सो प्रान्तको धार जिल्लाको गुनबाट सडकमा एक कार बससँग ठक्कार खाँदा अर्को दुर्घटना भएको पनि अधिकारीहरुले जनाएका छन् ।
त्यसमा परी थप सातजनाको ज्यान गएको छ भने बसमा रहेका १४ जना यात्रु घाइते भएका छन् ।