नैकाप। चन्द्रागिरी नगरपालिका–१९ नैकापमा बा १ प ७४३ नम्बरको पर्यटक बस मंगलबार दुर्घटना हुँदा ललितपुर कुपण्डोल बस्दै आएकी पूजा गैरेको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा चन्द्रागिरीकै केदार लामिछाने घाइते भएका छन् । उनको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस