काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न सरकार तयार रहेकाले सार्थक वार्ताका लागि आह्वान गरेका छन्।
मन्त्रिपरिषद्का सदस्यहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशबासीका नाममा सम्बोधन गर्दै उनले जारी वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याउन वार्ता र सम्वादका माध्यमबाट अगाडि बढ्न आन्दोलनरत पक्षलाई आह्वान गरेका हुन्।
संविधान गतिशील दस्तावेज भएकाले सुधार र विकास गर्न सकिने थुप्रै आधारहरु रहेका छन् भन्दै प्रधानमन्त्री ओलीले जायज माग र जनताको भावनाअनुसार अगाडि बढ्न सरकार तयार रहेको बताए।