काठमाडौं।  प्रधानमन्त्री केपी ओलीले आज(आइतबार) देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको हो ।

बैठकपछि एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधानजारी भएपछिको अवस्था, तराई मधेसमा जारी आन्दोलनको वार्ताबाट समाधान र भारतको नाकाबन्दी लगायतका विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने जानकारी दिए ।