एजेन्सी। अमेरिकी रक्षा मन्त्रालयले लिबियाको हवाइ हमालामा आतंककारी संगठन इस्लामिक स्टेटका प्रमुख नेता अबु नबील मारिएको दाबी गरेको छ।

इराकका बासिन्दा उनी लामो समयदेखि अलकायदाको आतंककारी गतिविधिसँग आवद्ध रहँदै लिबियामा इस्लामिक स्टेटको बरिष्ठ नेता बन्न पुगेका थिए।

शुक्रबार रातिको हवाई हमालामा उनको मृत्यु भएको पेन्टागनले जनाएको छ।

पेन्टागन प्रवक्ता पीटर कुकका अनुसार यो कारवाही शुक्रबार पेरिसमा भएको आतंकवादी आक्रमण अगाडि नै स्वीकृत भइसकेको थियो। पेरिस आक्रमण अगाडि नै नबीलको मृत्यु भइसकेको उनले बताए।

‘नबीलको मृत्युले लिबियामा इस्लामिक स्टेटको गतिविधिमा धेरै हदसम्म प्रभावित हुनेछ। यसले नयाँ भर्ती रोक्न सघाउ पु¥याउनेछ’, कुकले भने।