काठमाडौं। गत वैशाख १२ को शाक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । पहिलेको तुलनामा अहिले निकै दिन बिराएर पराकम्पन आउने गरेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

१२ दिनपछि विहीबार दिउँसो ३ः४५ बजे सिन्धुपाल्चोककोछिम्तीनजिकै केन्द्रबिन्दू भएर ४.२ म्याग्निच्यूडको पराकम्पन आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, यही कार्तिक १४ गते शनिबार रसुवा केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।