काठमाडौं। रसुवागढीको केरुङ नाकाबाट एकैदिन २६ ट्यांकर तेल नेपाल भित्रिएको छ ।

रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख दीर्घबाबु सुवेदीका अनुसार, चीनले अनुदानस्वरुप दिने भनेको १३ लाख लिटर तेलमध्ये
बुधबार मात्रै २ लाख ७० हजार ६६ लिटर पेट्रोल भित्रिएको हो । चीनबाट ३ लाख ७४ हजार ३ लिटर पेट्रोल ल्याउन मात्रै ल्याउन बाँकी छ ।

यसअघि आइतबार एक दिनमै २७ वटा ट्यांकर पट्रोल आएको थियो । हालसम्म जम्मा ९७ वटा ट्यांकर पेट्रोल भित्रिइसकेको छ ।