काठमाडौं। चर्चित बेलायती फुटबल खेलाडी डेभिड ब्याकम काठमाडौं आएका छन्। बिबिसिको डकुमेन्ट्री छायांकनका लागि उनी नेपाल आएका हुन्। उनले अहिले केहीबेरमा भक्तपुर दरबार स्क्वायर गएर डकुमेन्ट्रीको छायांकन गर्नेछन्।

यस्तै भक्तपुरकै टौमढीमा स्थानीय बालबालिकाहरूसँग टोकन म्याच खेल्ने कार्यक्रम पनि रहेको छ। त्यसपछि गौशालास्थित होटल द्वारिकामा आराम गर्नेछन् र भोलि शनिबार उनी नेपाल छाड्ने कार्यक्रम रहेको छ।