काठमाडौं । वर्तमान राजनीतिक संकट परम्परागत शक्तिबाट हल नहुँने तथा देशलाई आर्थिक समृद्धिको दिशामा लैजान नयाँ वैकल्पिक शक्तिको आबश्यकता रहेको भन्दै डा. बाबुराम भट्टराई निकट केन्द्रीय सदस्यहरुले मंगलबार पदबाट सामूहिक राजिनामा घोषणा गरेका छन् । उनीहरुले एकीकृत माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पुगेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

एकीकृत माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहितको टोली पेरिसडाँडा पुगेर राजीनामा पत्र बुझाएका हुन । उक्त राजीनामा पत्र पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव हितराज पाण्डेलाई बुझाइएको हो । पौडेलले मुख्य सचिवलाई पत्र दिएपछि पार्टी अध्यक्षलाई जानकारी गारउन आग्रह गरेका थिए ।

एकीकृत माओवादीमै रहेर नयाँ शक्तिको लविङ गर्दा नैतिक प्रश्न उठेको भन्दै उनीहरुले सामुहिक राजीनामा बुझाएका हुन ।

एमाओवादी परित्याग गर्नेमा देवेन्द्र पौडेल, हिसिला यमी, रामचन्द्र झा, नवराज सुवेदी, रामरिझन यादव, गंगा श्रेष्ठ, खिमलाल देवकोटा, रामकुमार शर्मा लगायत छन् ।