एजेन्सी। यमनमा ठूलो समुद्री आँधी ‘चपाला’ आउँदै छ । युद्धग्रस्त यमनको इतिहासमै यो सबैभन्दा ठूलो समुद्री आँधी हो । वर्षभरमा हुने वर्षा यमनमा केही घन्टाको आँधीका कारण एकदिनमै हुन लागेको छ ।

चपाला अरबियन सागरमा हालसम्म रेकर्ड गरिएको दास्रो ठूलो आँधी हो । यो स्थानिय समय अनुसार मंगलबार यमनको मध्य सामुद्रीक तटमा प्रवेश गर्ने छ ।

चपालाका कारण त्यहाँ वर्षा सुरु भइसकेको छ र समुद्रमा ३ देखि १३ फिट ठूलो छाल आउन थालेको छ । यस्तै हाल हावाको गति पनि ११७ किमी प्रतिघन्टा रेकर्ड गरिएको छ ।

सोमबार चपाला आँधीको गति १९५ किमी प्रतिघन्टा रेकर्ड गरिएको थियो । जुन् तटिय क्षेत्रमा प्रवेश गरेसँगै केही कम हुने आंकलन गरिएको छ । यसलाई हालसम्म क्याटोगोरी १ को हरिकेन मानिएको छ ।