काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार(आज) युएई जाँदैछ ।

नेपालले यही कात्तिक ३० गते र मंसिर २ गते पपुवा न्युगिनी विरुद्ध दुई वटा एक दिवसिय खेल खेल्नेछ । यसअघि स्कटल्याण्ड विरुद्धकोदुईवटै खेल गुमाएको नेपाल यसपटक भने विजयी हुने लक्ष्यका साथ युएई प्रस्थान गर्न लागेको हो ।

नेपालले आयोजना हुने भनिएका यी दुई खेल नेपाल क्रिकेट संघ क्यानको उदासिनता र अस्तव्यस्त प्रशासनका कारण युएईमा सारिएको हो ।