वीरगञ्ज। रक्सौल नाका नजिकै रहेको संकराचार्यद्वार नजिकै भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन भने शबलाई प्रहरलिे घटनास्थलमै आफ्नो नियन्त्रणमा राखेको छ ।

स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली लागेर परिचय खुल्न नसकेको ति प्रदर्शनकारीको मृत्यु भएको डिएसपी होगेन्द्र बोगटीले बताए ।

दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा गत असोज ७ गते देखि २४ सै घण्टा धर्ना दिएर मधेशी दलले ठप्प पारेको नाका प्रहरीले आज बिहान हस्तक्षेप गरेर खुलाएको विरोधमा वीरगंजमा प्रदर्शन भईरहेको छ । प्रदर्शनकारीहरुले बजार क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन् भने सीमा नाकामा फेरि धर्ना सुरु गरिसकेका छन् ।