एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक रेलमा बम विस्फोटन हुँदा त्यसमा परी चार यात्रुको मृत्यु भएको  छ ।

सो बम विस्फोटनमा परी अन्य दश जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएको छ । रेलबे प्रवक्ता मक्बोल अहमदका अनुसार रावलपिन्डीतर्फ जान लागेको सो रेलमा आइतबार विहान सवेरै बम राखिएको थियो ।

सो शक्तिशाली बम विस्फोटबाट एक कार र रेलको पटरी क्षतिग्रस्त भएको जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।