वीरगञ्ज। डेढ महिनादेखि वीरगञ्ज नक्शौल नाकाको दसगजामा धर्ना दिएर आपूर्ति ठप्प पार्दै आएका मधेसी मोर्चाका आन्दोलनकारीहरुलाई प्रहरीले हटाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले सोमबार बिहान चार बजेदेखि पाँच बजेको समयमा धर्नाकारीहरुलाई दसगजाबाट हटाएको हो। धर्नाकारीलाई हटाएपछि दसगजामा अहिले प्रहरी तैनाथ छन् । धर्नाकारीहरु हटेपछि वीरगञ्ज नाका खुलेको छ ।

वीरगञ्जमा अड्किएका दुई सयभन्दा बढी गाडीहरु भारत प्रवेश गरेका छन् । भारततिर अड्किएका गाडीहरु नेपाल प्रवेश गराउने तयारी भइरहेको छ । त्यसका लागि दुवै पक्षाका अधिकारीहरुबीच छलफल भइरहेको छ।

डेढ महिनासम्म नाकामा आन्दोलन गरेर वीरगञ्ज नाका मधेसी मोर्चाका कार्यकर्ताले ठप्प पारेका थिए।