काठमाडौं। उपराष्ट्रपति पदमा शनिबार हुने निर्वाचनमा दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनको समर्थन रहेका एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन पासाङ र प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको हो।

शुक्रबार उम्मेदवारी दिएका स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका केन्द्रीय सदस्य दयाराम कँडेलले उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो।