काठमाडौं। चीन सरकारले दिन लागेको अनुदानको पेट्रोल लिन १२ वटा ट्‍यांकर केरुङतर्फ प्रस्थान गरेको छ। चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल लिन १२ वटा ट्‍यांकर त्‍यसतर्फ पठाइएको नेपाल आयल निगमले जानकारी दिएको छ।
निगमका अनुसार थप ट्‍यांकर शनिबार पठाउने तयारी गरेको छ। चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर) पेट्रोलको पहिलो ‘लट’ शानिबार केरुङसम्‍म ल्‍याइदिने भएको छ।
ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले पर्सी साँझसम्म केरुङ पुर्‍याउन लागेको जानकारी दिए।