काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा आज सर्नेछिन् ।

प्रधानन्यायाधीशबाट आज अपराह्न ३ बजे आफ्नो पद तथा गोपनीयताको शपथ लिएपछि साँझ ५ बजे निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको बिदाइ समारोहमा सरिक भई आजै काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवासबाट शीतलनिवासमा सर्ने उनका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए ।

भण्डारी नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिमा बुधबार निर्वाचित भएकी हुन् । रासस