काठमाडौं। नेपाल आयल निगमले चीनबाट इन्धन ल्याउन ट्यांकर तयारी अवस्थामा राखिएको जनाएको छ ।

निगमले ४० ओटा ट्यांकरको ‘लिस्ट’ चीन पठाइसकेको र चीनले ट्यांकर पठाउन भनेलगत्तै ट्यांकर केरुङतर्फ पठाउने निगम प्रवक्ता दीपक बरालले जानकारी दिए ।

निगमले इन्धन ल्याउन केरुङमा ट्यांकर पठाउने र त्यसका लागि नेपालको तर्फबाट सबै प्रक्रिया सम्पन्न गरिसकेको प्रवक्ता बरालले बताए । हालसम्म केरुङमा इन्धन नआएको पनि प्रवक्ता बरालले प्रस्ट पारे ।

चीनले तत्कालका लागि करिब १३ लाख लिटर इन्धन अनुदान दिन लागेको हो ।