काठमाडौ । भूकम्प, बन्द हड्ताल र नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको छ। यस कारण ऋण भुक्तान गर्न नसकेका ऋणीहरुका लागि राष्ट्र बैंकले ‘राहत प्याकेज’ ल्याएको छ ।
अाज मंगलबार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले  ऋणीहरुका लागि पाँच वटा विशेष सुविधा दिएको छ ।
कर्जा नोक्शानी व्यवस्था, कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना, कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना,  ग्रेस अवधि र टिआर कर्जा गरी ५ सम्बन्धमा ‘राहत प्याकेज’ निर्देशिका बै‌ंकले जारी गरेको छ।
२०७१ साल चैत मसान्तसम्म सक्रिय रहेका ऋणीहरुका लागि बै‌ंकले सहुलियत प्याकेज ल्याएको हो ।