काठमाडौं । नेपाली कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । साथै उपराष्ट्रपतिमा अमिएकुमार यादवलाई उम्मेदवार बनाउने भएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा मंगलबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुबैमा उम्मेदवारी दिने निर्णय गर्दै नाम तय गरेको छ । लगतै केन्द्रीय कार्यसमितिको बैठकमा उम्मेदवारको नाम प्रस्ताव गरिएको छ ।

राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा अमिएकुमार यादवलाई उम्मेदवार बनाउने तय भएको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए ।