काठमाडौं।लुइस स्वारेजले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगामा इबरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
यो सिजनको उपाधि होडमा रियल मड्रिडसँगै समान २१ अंक रहेको बार्र्सालाई जित दिलाउने क्रममा स्वारेजले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै खेलको २१ औं मिनेटमा रामिरेजको पासमा गोल गरेका स्वारेजले दोस्रो हाफमा नेइमारसँगको तालमेलमा दुई गोल गरे । उनले खेलको ४८ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।
प्रमुख स्ट्राइकर लियोनेल मेस्सीबिना मैदानमा उत्रेको बार्सालाई स्वारेजले निराश नपारी तीन अंक दिलाउन सफल भए ।
इबरका लागि भने खेलको १० औं मिनेटमै बास्टोनले गोल गरेका थिए । तर, स्वारेजले इबरको अग्रतामात्रै तोडेनन्, जित पनि निकाले ।
गएराति नै भएको अर्को खेलमा एथलेटिको मड्रिडले बलियो प्रतिद्वन्द्वी भ्यालेन्सियालाई २–१ ले हरायो । अर्को खेलमा लेभान्टेलाई रियल सोसिडले ४–० ले पराजित गर्यो । त्यस्तै सेभिल्लाले गेताफेलाई ५–ले पराजित ग¥यो ।
गएरातिका खेलहरुपछि २१ अंककासाथ रियल मड्रिड लिगको शीर्ष स्थानमा छ । त्यस्तै समान २१ अंक नै रहेको बार्सिलोना लिगको दोस्रो स्थानमा छ ।
१९ अंक भएको एथलेटिको मड्रिड तेस्रो र १८ अंकसहित सेल्टा भिगो चौथो स्थानमा रहेको छ ।