एजेन्सी। दक्षिण अफ्रिकाले भारतलाई अन्तिम तथा निर्णायक वान डेमा आइतबार २ सय १४ रनले हराएको छ । यससँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिजमाथि ३–२ ले कब्जा पनि गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले चार विकेटमा ४ सय ३८ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा भारतले सबै विकेट गुमाएर २ सय २४ मात्र बनाउन सक्यो ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवन र अजिन्के रहानेले मात्र केही सुदृढ प्रदर्शन गरे । शिखरले ६० रन बनाए । अजिन्केको ब्याट्बाट ८७ रन निस्केको थियो ।

दक्षिण अफ्रिकाका लागि पेसम्यान कागिसो रबादाले चार तथा डेल स्टेनले तीन विकेट लिए । यसअघि दक्षिण अफ्रिकाका लागि तीन ब्याट्सम्यान क्विन्टन डे कक, फाफ डे फ्लेसिस र एबी डे भिल्लियर्सले शतक बनाए । डे ककले १ सय ९, डे भिल्लियर्सले १ सय १९ र फ्लेसिसले १ सय ३३ रन जोडे ।