काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले जसरी भएपनि उमेद्वारी दिने अडान लिएका छन् ।
सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा आफ्नो दलको  अडान कायमै रहेको बताए ।
सभामुख चयनमा जस्तै अन्तिम समयमा आएर राष्ट्रपतिमा पनि सहमति जुट्नेमा आफू आशावादी रहेको ओलीले बताए ।
राष्ट्रपति चयनका कांग्रेसलाई नछाड्ने उनले ढिपी गरे । ‘प्रधानमन्त्री चयनमा कांग्रेस सहमतिमा आएको भए स्थिति सहज हुन्थ्यो, उनले भने ‘त्यो बेला कांग्रेस सहमतिमा आएन, उसलाई अहिले साथ दिने पक्षमा आफूहरु छैनौं । ‘राष्ट्रपति चयनमा आफूहरु पछि नहट्ने तर कांग्रेस भने लचक भएर आउनुपर्ने प्रधानमन्त्री ओलीको तर्क छ ।