विराटनगर-विराटनगरस्थित एक कपी उधोग र मोरङ अमाहीबरियातीस्थित पाँच घरमा आगलागी भएको छ। विराटनगर–१५ स्थित चुडामणी दत्तको घरमा रहेको लक्ष्मीनारायण साहले कपी उध्योगमा बिधुत लाईन सर्ट भई आगलागी हुँदा कपी बनाउने मेशीन तथा कच्चा पदार्थहरु जलेर अन्दाजी पच्चीस लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

शुक्रबार राती मोरङ जिल्लाकै अमाहीबरियाती गाविसमा आगलागीबाट पाँचवटा घर जलेको छ।

स्थानीय गंगा प्रसाद मण्डलको घरमा बालेको टुकि बत्तीबाट राती ११ बजेतिर अचानक आगलागी हुँदा उनीसहित छिमेकी मनोज कुमार मण्डलको घर तथा घरभित्र राखिएको नगद दुई लाख, १७ वटा चौपायासमेत जलेर अन्दाजी ११ लाख ५० हजार बराबरको क्षती भएको छ।

आगो नियन्त्रण गर्नेक्रममा गंगा प्रसाद मण्डलको शरीरमा आगोले पोल्दा उनी घाइते भएका छन्। मण्डललाई उपचारका लागि कोशी अंचल अस्पताल ल्याईएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिगई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।