एजेन्सी। हालसम्मकै सबैभन्दा ठूलो समुद्री आँधी ‘प्याट्रिसिया’ मेक्सिकोको प्यासिफिक कोस्टमा प्रवेश गरेको छ।

आँधीको मेक्सिको प्रवेशसँगै गति केही कम भएपनि यसले ठूलो विनाश पुर्‍याउन सक्ने मौसमविदहरूले पूर्वानुमान गरेका छन्।

प्याट्रिसियालाई अहिलेसम्म मापन भएको सबैभन्दा ठूलो समुद्री आँधी मानिएको छ।

सुरुमा प्रवेश गर्दा यसको गति २०० माइल प्रतिघण्टा थियो भने पछिल्लो समयमा यसकोे गति १०० माइल प्रतिघण्टा भएको बताइएको छ।