काठमाडौं : मलेसियामा जारी आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल विजेता बन्न सफल भएको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी आयरल्यान्डलाई ३ विकेटले पराजित गर्दै नेपाल विजेता बन्दै विश्वकपमा छनोट भएको छ ।
बिहीबार भएको फाइनल भिडन्तमा आयरल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १८५ रनको चुनौती नेपाली टिमले ४६.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो ।