एजेन्सी। दक्षिण अफ्रिकासँगको तेस्रो एक दिवसीय म्याचमा भारत पराजित भएको छ । आइतबार बेलुका राजकोटमा सकिएको खेलमा भारत दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको हो । योसँगै पाँच एकदिवसीय श्रृँखलमा दक्षिण अफ्रिकाले २–१ को अग्रता लिएको छ ।

राजकोटमा आइतबार भएको तेस्रो एक दिवसीयमा दक्षिण अफ्रिकाले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५२ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डि ककको नटआउट १ सय ३ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनाएको थियो ।