काठमाडौं । भारत भ्रमणमा रहनुभएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आज भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएकाे छ । नयाँ दिल्लीमा भएकाे भेटमा सीमा‌नाकामा भैरहेको अवरोध खुलाउनेबारे छलफल भएकारे बुझिएको छ ।

नेपालमा नयाँ संविधान जारी भएपछि भारतले लगाइरहेको नाकाबन्दीका कारण जनजीवन प्रभावित भएपछि त्यसबारे छलफल गर्न थापाको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल हिजो भारत गएको हो ।