ललितपुर उपमहागरपालिका १४ ढोलाहिटीमा घरमा काम गर्न राखेको बालिकामाथि घरबेटी र उनका सालोले पटक पटक बलात्कार गर्दै आएको खुल्न आएको छ।
ढोलाहिटीका भरत कार्कीले आफ्नै घरमा काम गर्न राखेकी १४ वर्षीया बालिकालाई पटक पटक बलात्कार गर्दै आएको भन्दै घरबेटी र उनको सालो उमेश खत्रीलाई सातदोबाटो प्रहरीले पक्राउ गरेको छ।
खत्रीको स्थायी ठेगाना मोरङ भएको र दिदी भिनाजुको घरमा काम गर्न उनले मोरङबाटै ती बालिका काठमाडौं ल्याएका थिए। आफू पढ्ने विद्यालयको शिक्षिकालाई आफूलाई घरबेटी र उनका सालोले बलात्कार गर्ने गरेको बताइएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
विद्यालयले प्रहरीलाई जानकारी दिएपछि ती बालिकालाई रेक्यु गरिएको डिएसपी तारा थापाले जानकारी दिईन्। कार्की र खत्री आर्थिक रूपमा निकै शक्तिशाली भएका कारण उनका परिवार र आफन्तजनले मुद्दा फिर्ता लिन बालिकाको परिवारलाई अहिले दबाब दिइरहेका छन्।