काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओली आज सरकारी निवास बालुवाटार सर्दैछन् । निवर्तमान प्रधानमन्त्री सुशील कोइराला बाहिरिएपछि आज प्रधानमन्त्री कोइराला बालुवाटार सर्न लागेका हुन् ।

ओली बालुवाटार साँझ ५ बजे निजिनिवास बालकोटबाट बालुवाटार सर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

बालुवाटार सर्नुअघि त्यहाँकाे सुरक्षा व्यवस्थालगायत अरु व्यवस्थापनको काम भइरहेको बताइएको छ ।  अबका राजनीतिक भेटघाट ओलीले बालुवाटारबाट नै गर्नेछन् ।