काठमाडौं । व्यवस्थापिका संसदको सभामुख र उपसभामुख चयनका लागि शुक्रबार मतदान हुँदैन । दलहरुको सहमतिका आधार सभामुख र उपसभामुख चयन गर्न नसकेपछि बहुमतका आधार चयन गर्न निर्वाचन हुन लागेको हो ।

संसद सचिवालयले निर्वाचनको कार्यतालिका समेत तयार पारेको छ । उक्त तालिका अनुसार बिहान साढे ११ बजेदेखि दुई बजेसम्म सभामुख र उपसभामुखको लागि उम्मेद्वारी दर्ता गर्नुपर्ने र तीन बजेदेखि निर्वाचन गर्ने तयारी रहेको छ ।

उपसभामुख चयनका लागि भने पाँच बजेपछि निर्वाचन हुनेछ ।