चाडपर्वकोे अवसरमा एनसेलले आफ्ना ग्राहकका लागि स्मार्टफोन सेटसँग बन्डलिङ्ग गरेर आकर्षक सेवा ल्याएको छ, जस अन्तर्गत  एनसेलका प्रिपेड ग्राहकले विभिन्न मोडलका स्मार्टफोन खरिद गर्दा फोनको मूल्य बराबरकै बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । अर्थात्, बन्डलिङ्ग सेवामा ग्राहकले स्मार्टफोनको मूल्य बोनसको रूपमा फिर्ता पाउनेछन् ।
यो सेवा अन्तर्गत ग्राहकले हुवावेका दुई मोडल, र माइक्रोम्याक्स तथा कर्लसको एक–एक मोडलको  खरिदमा एनसेलको सिम कार्ड सहित तत्काल बोनस र प्रत्येक रिचार्जमा पनि आकर्षक बोनस पाउनेछन् ।
कर सहित  १३ हजार ४ सय ५० रुपैयाँ मूल्य रहेको हुवावेको वाई ६२५ स्मार्टफोन खरिद गर्दा ग्राहकले तत्काल ४ हजार रुपैयाँ बराबरको बोनस प्राप्त गर्नेछन् भने ८ हजार २ सय ५० रुपैयाँ पर्ने हुवावेकै वाई ३ सी खरिद गर्दा २ हजार ५ सय रुपैयाँको बोनस ब्यालेन्स तत्काल पाउने कम्पनीले बताएको छ। साथै कर सहित ६ हजार ५० रुपैयाँ पर्ने माइक्रोम्याक्स डि ३०३ खरिद गर्दा तत्काल  २ हजार रुपैयाँ बोनस र  ४ हजार ९ सय ५० रुपैयाँ मूल्य पर्ने कर्लस एक्स २५ लिँदा  १ हजार ५ सय रुपैयाँ तत्काल बोनस प्राप्त गर्नेछन् पनि कम्पनीले जनाएको छ।
यस बाहेक, ग्राहकले कुल बोनस स्मार्टफोनको मूल्य बराबर नहुदासम्मा प्रत्येक  १० रुपैयाँदेखि १ हजार रुपैयाँ सम्मको रिचार्जमा रिचार्ज मूल्य बराबरकै बोनस १० महिनासम्म प्राप्त गरिरहनेछन् । अर्थात्, ग्राहकले १ सय रुपैयाँको रिचार्ज गर्दा थप १ सय रुपैयाँ बोनसको रुपमा प्राप्त गर्नेछन् । कुल बोनस मोबाईलको खरिद मूल्य बराबर वा १० महिनामा जुन पहिला हुन्छ तबसम्म ग्राहकले रिचार्जमा बोनस प्राप्त गरिरहने कम्पनीले जनाएको छ।
यसरी प्रदान गरिएको बोनस एक महिनाको लागि मान्य हुनेछ र उतm बोनसलाई ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, तथा एसएमएस ÷ एमएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।
“चाडपर्वको आगमनसँगै हामीले आफ्ना ग्राहकका लागी  स्मार्टफोनमा आकर्षक बोनस बन्डलिङ्ग गरेर यो सेवा ल्याएका हौं । यसले हाम्रा ग्राहकलाई चाडपर्वको अवसरमा आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सहज बनाउने छ,” एनसेलका  कर्पोरेट संवाद् विज्ञमिलन शर्माले बताए ।
यो सेवा यहि असोज २८ गतेदेखि लागु भई अर्को सूचना नआउन्जेल सम्म जारी रहने पनि कम्पनीले जनाएको छ । ग्राहकले एनसेलका सबै एनसेल  सेन्टर, एनसेल सप तथा मोवाईल सेटका आधिकारिक बिक्रेताबाट यो सेवा प्राप्त गर्न सक्छन् ।
पहिले नै एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले आफ्नो विद्यमान नम्बरमा पनि बोनस प्राप्त गर्न सक्नेछन् । यसका लागि एनसेल सेन्टरमा मोबाईल सेट खरिद गर्दा आफ्नो नम्बर समावेश गर्नुपर्नेछ ।