काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुखमा उम्मेदवारी दिने  भएको छ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बुधबार बिहान बसेको पार्टीका पदाधिकारीको बैठकले यस्ता निर्णय गरेको हो ।
पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले उम्मेववारी दिने निर्णय भएको र यसबारेमा अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताए । उनले लोकतन्त्रमा चुनाव र प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताउँदै त्यही मान्यताका आधारमा कांग्रेसले उम्मेदवारी दिन लागेको बताए ।