एजेन्सी। एक पत्रिकाको सर्भेक्षणमा संसारको सबैभन्दा सेक्सी महिलाको हलिउड अभिनेत्री एमिलिया क्लार्क छानिएकी छिन् ।
चर्चित समाचार वेबसाइट ‘द हफिंगटन पोस्ट’मा उद्धृत समाचारमा ‘एस्क्वायर’ नामक पत्रिकाले पाठकहरुको रोजाइको आधारमा २८ बर्षीया एमीलियालाई यस उपाधिका लागि छनोट गर्ने घोषणा गरेको छ ।
‘गेम अफ थ्रोन्स’की अभिनेत्रीको बारेमा पत्रिकाले एउटा लेख प्रकाशित गरेको छ । पत्रिकाले एमीलियाको सुन्दरताको बयान गर्दै लेखेको छ, ‘उनमा धेरै विपरित चिजहरुलाई एक साथ समेट्न सक्ने क्षमता छ ।’