घटस्थापनादेखि पूर्णिमासम्म दशै बिदा दिन गृहमन्त्रीले गरेको प्रस्ताव अस्वीकृत भएको छ। शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा गृह एवं उपप्रधानमन्त्री वामदेव गौतमको उक्त प्रस्तावमाथि कुनै निर्णय नै नभएपछि अस्वीकृत भएको हो।

गृहमन्त्री गौतमले इन्धन अभावका कारण जनाउँदै लामो बिदा दिने प्रस्ताव गरेका थिए।