एजेन्सी। नायिका राधिका आप्टे बोल्ड अभिव्यक्ति दिएर पुनः चर्चामा छिन् । केही समय अघि वाथरुममा नुहाउँदै गरेको सेल्फी आफैंले सार्वजनिक गरेर चर्चामा आएकी राधिका पछिल्लो समय भने सेक्स सम्बन्धी धारणाका कारण चर्चामा आएकी हुन् ।

अहिलेका कुनै पनि युवतीहरुले सेक्सका लागि विवाह नपर्खिने विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना समेत हुन थालेको छ । विवाह अगाडि सेक्स नगरेकी युवती नै नपाइने उनको दाबी छ ।

तर राधिकाले भने आम युवाहरुलाई उदार भावना राख्न आग्रह गरेकी छिन् । कोही पनि युवतीले अब सेक्सका लागि विवाह कुर्दैनन् भन्नेमा युवाहरु पनि सचेत हुन जरुरी रहेको उनको सुझाव छ ।

अहिलेका नारीहरुले सती सावीत्रि बन्न जरुरी नरहेको उनको तर्क छ । चलचित्र ‘हण्टर’ मा उनले बोल्ड चरित्र निर्वाह गरेकी छिन् । यस फिल्ममा उनले एक युवकसंग रिलेशनमा रहेको र प्रेगनेन्ट भएपछि सम्बन्ध बिग्रेको अभिनय गरेकी छिन् ।

आफुले हण्टरमा निर्वाह गरेको चरित्र पनि आम युवाहरुको चरित्र भएको उनले दाबी गरिन् । तर केही समय अघि रिलिज भएको माझी फिल्ममा भने राधिका निकै क्लिन रोलमा देखिएकी थिइन् ।