काठमाडौं। संविधान निर्माणमा असन्तुष्ट रहेका आन्दोलनरत संयुक्त मधेसी मोर्चा र तीन दलबीच वार्ता सुरू भएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा केहीबेर अघि  सुरू भएको छ। करिब दुई महिनादेखि आन्दोलनमा रहेको संयुक्त मधेसी मोर्चा र तीन दलका वार्ता टोलीबीच बार्ता सुरू भएको हो।

वार्ता टोलीमा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय सहभागी छन्।

यस्तै तीन दलको तर्फबाट नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन्।